काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ९३ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १००.५४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा ४६ करोड ४३ लाख रुपैयाँ थियो।
चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्म कम्पनीको खुद बीमाशुल्क र आम्दानी बढेसँगै कम्पनीको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो । कुल बीमाशुल्क १२३.९६ प्रतिशत बढेको छ । कुल आम्दानी ९०.५८ प्रतिशत बढेको छ । कम्पनीको कुल दाबी भुक्तानी ९४.६१ प्रतिशत र कुल खर्च ८८.८१ प्रतिशत बढेको छ ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३ रुपैयाँ ५७ पैसा बढेर १२ रुपैयाँ ४१ पैसा पुगेको छ । चैत मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ९७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४९.१५ गुणा रहेको छ ।
१० अर्ब चुक्ता पुँजी रहेको यस कम्पनीको सेयर प्रिमियममा ३ अर्ब १८ करोड रुपैयाँ, विशेष जगेडामा ९२ करोड ११ लाख रुपैयाँ, महाविपत्ती कोषमा ९ करोड ३४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ७७ करोड ५० लाख रुपैयाँ र अन्य इक्विटीमा २ करोड ७४ लाख रुपैयाँ सञ्चित छ ।