शिखर इन्स्योरेन्सको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३९ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.२३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ३० करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

नाफा बढेसँगै इन्स्योरेन्सको खुद नाफा प्रतिसेयर आम्दानी दुबै बढेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सको खुद बीमाशुल्क तथा कुल आम्दानी बढेको र दाबी भुक्तानी तथा खर्च घटेका कारण इन्स्योरेन्सको नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क १६.०६ प्रतिशत र कुल आम्दानी ३.४४ प्रतिशत बढेको छ । इन्स्योरेन्सको खुद दाबी भुक्तानी समीक्षा अवधिमा २१.६९ प्रतिशत घटेको छ भने कुल खर्च २.५७ प्रतिशत घटेको छ ।

नाफासँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ४ रुपैयाँ ७ पैसा बढेर १९ रुपैयाँ ६० पैसा पुगेको छ । चैत मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ३५.२४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १९९ रुपेयाँ ४९ पैसा रहेको छ ।

२ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा १ अर्ब ६५ करोड, महाविपत्ती कोषमा १३ करोड ५१ लाख, रिटेन्ड अर्निङ २६ करोड ११ लाख र अन्य इक्विटी ५८ करोड ७६ लाख रुपैयाँ सञ्चित छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स