प्रभु इन्स्योरेन्सको नाफा ३९ करोड १४ लाख, अन्य सूचकांक कस्ता ?

काठमाडौं । प्रभु इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको चैतमसान्तसम्ममा कम्पनीले ३९ करोड १४ लाख ६५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २३७.१७ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले ११ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीले ४६ करोड ४३ लाख ७० हजार रूपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलानामा २१.५३ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले ३८ करोड २० लाख ८७ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको बीमा कोष १ अर्ब ८७ करोड २६ लाख ४४ हजार रुपैयाँ रहेको छ । जुन गत वर्षको तुलनामा १७.०६ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीको बीमा कोषमा १ अर्ब ५९ करोड ९६ लाख ८३ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको कुल बीमा शुल्क आर्जन १ अर्ब ११ करोड ९६ लाख ६ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको तुलनामा कुल बीमा शुल्क आर्जन १३.४१ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीको कुल बीमा शुल्क आर्जन ९८ करोड ७१ लाख ८५ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको महाविपत्ती कोष १ अर्ब ५ करोड ४ लाख रुपैयाँबाट बढेर १ अर्ब २४ करोड ६१ लाख रुपैयाँ पुगेको छ । कम्पनीले कमिशन मार्फत २ करोड ७६ लाख ८ हजार रुपैयाँ खर्चिएको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी १ अर्ब ३७ करोड ६१ लाख २२ हजार रुपैयाँ, जगेडा कोष १० करोड ३४ लाख ५० हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी ३७.९३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २२४.६७ रुपैयाँ रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स