राष्ट्रिय बीमा कम्पनीको नाफा ५१ करोड ६३ लाख, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ५१ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको
सोहि अवधिको तुलनामा २४.७८ प्रतिशतले कम हो । गत वर्ष कम्पनीले ६८ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रहेको यस कम्पनीको रिटेन्ड अर्निङमा ३ अर्ब ५६ करोड ८३ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको बीमा कोषमा १ अर्ब ११ करोड रकम रहेको छ । कम्पनीको बीमा शुल्क संकलन ६३.२० प्रतिशतले घटेर १० करोड १६ लाख रुपैयाँमा झरेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १९३.६५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६११.२९ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स