प्राधिकरणले गर्‍यो सिटिजन लाइफ इन्स्योरेन्सको अन्तरिम लाभांश खारेज, यस्तो छ कारण

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले प्रस्ताव गरेको अन्तरिम लाभांश खारेज भएको छ । आज सोमबार कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल बीमा प्राधिकरणले खारेज गरेको हो ।

कम्पनीले प्राधिकरणको पूर्व स्वीकृति बिना नै अन्तरिम लाभांश प्रस्ताव गरेकोले लाभांश स्थगन गर्न पत्र पठाइएको प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले बताए । ‘प्राधिकरणको स्वीकृति नलिई कम्पनीले लाभांश वितरण गर्न पाउँदैन, बीमा ऐनअनुसार नियामकबाट स्वीकृति लिएर लाभांश घोषणा गर्नुपर्छ । तर, कम्पनीले पहिला लाभांश घोषणा गरेपछि मात्रै स्वीकृतिका लागि प्राधिकरणमा पत्र पठाएको छ’, उनले भने ।

कम्पनीले एकै आर्थिक वर्षमा दुई पटक लाभांश वितरण गर्न नपाउने उनले बताए । कम्पनीले स्वीकृति माग गरेमा पनि अन्तरिम लाभांश बाड्न नपाउने उनको भनाई छ ।

नेपाल बीमा प्राधिकरणले कम्पनीले प्रस्ताव गरेको लाभांश खारेज गरेसँगै अब सेयरधनीले लाभांश पाउने छैनन् ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको २६.९८ प्रतिशतले हुन आउने १ अर्ब ६ करोड २५ लाख बराबरको बोनस सेयर र कर प्रयोजनको लागि समेत १.४२ प्रतिशतले हुन आउने ५ करोड ५९ लाख २१ हजार ५२.६३ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९३ करोड ७५ लाख रूपैयाँ रहेको छ। प्रस्तावित २६.९८ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब ५३ करोड पुग्ने थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स