सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले  लाभांश घोषणा गरेको छ। कम्पनीको वैशाख २३ गते बसेको संचालक समितिको बैठकले हाल कायम सेयर प्रिमियमबाट अन्तरिम लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको २६.९८ प्रतिशतले हुन आउने १ अर्ब ६ करोड २५ लाख बराबरको बोनस सेयर र कर प्रयोजनको लागि समेत १.४२ प्रतिशतले हुन आउने ५ करोड ५९ लाख २१ हजार ५२.६३ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९३ करोड ७५ लाख रूपैयाँ रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स