प्रभु इन्स्योरेन्सको साधारण सभा सम्पन्न, पाँच जना संचालक चयन, ५०.१५ प्रतिशत हकप्रद प्रस्ताव पारित

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बिहीबार तीनकुने काठमाडौंस्थित कम्पनीको केन्द्रीय कार्यालय ‘प्रभु कम्प्लेक्स’ मा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७९/८० को आर्थिक प्रतिवेदन पारित गरेको छ । साथै सभाले कम्पनीले प्रस्ताव गरेको ४.७५ प्रतिशत बोनस सेयर तथा बोनस सेयरमा लाग्ने कर वापत ०.२५ प्रतिशत नगद लाभांश गरि जम्मा ५ प्रतिशत लाभांश स्वीकृत गरेको छ ।

प्रभु इन्स्योरेन्समा पाँच जना संचालक चयन भएका छन्। कम्पनीको संस्थापक सेयरधनी समूह ‘क’ बाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकहरुमा राहुल थोकर लामा तथा मिजास भट्टचन निर्विरोध निर्वाचित भएका हुन्।

साथै सर्वसाधारण सेयरधनी समूह ‘ग’ बाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुमा रामेश्वर सापकोटा, राजेन्द्र मल्ल र सांगे लामा निर्वाचित भएका छन्।

कम्पनीले नेपाल बीमा प्राधिकरणबाट तोकिए बमोजिमको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनका लागि स्वीकृत बोनस सेयर वितरण पश्चात कायम हुने चुक्ता पुँजीको ५०.१५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स