काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआईसी)ले लाभांश वितरण नगर्ने भएको छ।
कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैठकले सोहि बमोजिम कम्पनीको वित्तीय विवरण स्वीकृतीका लागि बीमा प्राधिकरणमा पेश गर्ने तथा प्राधिकरणबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारण सभामा स्वीकृतीका लागि पेश गर्ने निर्णय गरेको छ ।