काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ। कम्पनीले सभा जेठ ९ गते कलिकस्थाना स्थित अमृतभोग क्याटरिङमा डाकेको हो ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि वैशाख २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ वैशाख २६ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
कम्पनीको सभामा लाभांश र हकप्रद सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीको गत फागुन ११ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको थियो। जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको २३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.२५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले बोनस सेयर जारी गर्दा चुक्तापुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ कायम हुने र नपुगे पुँजी कायम गर्न उक्त चुक्तापुँजीको २७ प्रतिशत अर्थात १ः०ः२७ अनु्पातमा हकप्रद जारी गर्ने र बोनस सेयर र हकप्रद निष्काशन पश्चात कायम अधिकृत,जारी तथा चुक्तापुँजी वृद्धि गर्न स्वीकृती प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।