काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले े नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले बीमितहरुका लागि आर्थिक वर्ष २०७९/८० को लागि नयाँ बोनसदर घोषणा गरेको हो ।
कम्पनीले आव २०७९/८० को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धि बीमांककीय प्रतिवेदन नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृती भएबमोजिम बोनसदर सार्वजनिक गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको बोनसदर अनुसार बीमितले न्यूनतम प्रतिवर्ष प्रति हजार ५० रुपैयाँदेखि अधिकतम ८५ रूपैयाँसम्म बोनस पाउनेछन् ।
१. सावधिक तथा सामूहिक जीवन बीमालेख (सुरक्षित जीवन, जीवन ज्योति, ग्रामीण सावधिक, सावधिक लघु,केटाकेटी सुनिश्चित भविष्य तथा शिक्षा जीवन बीमा,जीवन लक्ष्मी र जीवन उदय एकल)
कम्पनीले यस बीमालेख अन्तर्गत १० वर्षे अवधिसम्मका लागि ६० रुपैयाँ, ११ देखि १५ वर्ष अवधिसम्मका लागि ६० रुपैयाँ,१६ देखि २० वर्षका लागि ६० रुपैयाँ २१ देखि २५ वर्षका लागि ७० रुपैयाँ, २६ देखि ३० वर्ष अवधिका लागि ८२ रुपैयाँ र ३० भन्दा माथि अवधिका लागि पनि ८२ रुपैयाँ बोनसदर तोकेको छ।
२. सावधिक जीवन बीमालेख (नौलो सुरक्षित र नौलो केटाकेटी जीवन बीमा)
यस बीमालेख अन्तर्गत कम्पनीले १० वर्षे अवधिका लागि ६५ रुपैयाँ, ११ देखि १५ वर्षका लागि ६५ रुपैयाँ, १६ देखि २० वर्षका लागि ६५ रुपैयाँ, २१ देखि २५ वर्षका लागि ७२ रुपैयाँ, २६ देखि ३० वर्षका लागि ८२ रुपैयाँ र ३० भन्दा माथि अवधिका लागि ८२ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।
३. सावधिक बीमालेख (जीवन समुन्नत)
कम्पनीले यस बीमालेखमा १० वर्षे अवधिका लागि ५६ रुपैयाँ, ११ देखि १५ वर्षका लागि ५६ रुपैयाँ, १६ देखि २० वर्षका लागि ५६ रुपैयाँ, २१ देखि २५ वर्षका लागि ६० रुपैयाँ, २६ देखि ३० वर्षका लागि ७० रुपैयाँ र ३० भन्दा माथि अवधिका लागि ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।
४. सावधिक जीवन बीमालेख (सुनौलो भविष्य जीवन बीमा योजना (विकल्प १रविकल्प २)
कम्पनीले यस बीमालेखमा १० वर्षे अवधिका लागि ६० रुपैयाँ, ११ देखि १५ वर्षका लागि ६० रुपैयाँ, १६ देखि १९ वर्षका लागि ६० रुपैयाँ, २० देखि २५ वर्षका लागि ६२ रुपैयाँ, २६ देखि ३० वर्षका लागि ६५ रुपैयाँ र ३० भन्दा माथि अवधिका लागि ६५ रुपैयाँ बोनसदर तोकेको छ ।
५. सावधिक जीवन बीमालेख (सुनौलो भविष्य जीवन बीमा योजना) (विकल्प १०एकल बीमाशुल्क)
कम्पनीले यस बीमालेखमा १० वर्षे अवधिका लागि ५५ रुपैयाँ, ११ देखि १५ वर्षका लागि ५५ रुपैयाँ, १६ देखि १९ वर्षका लागि ५५ रुपैयाँ, २० देखि २५ वर्षका लागि ५७ रुपैयाँ, २६ देखि ३० वर्षका लागि ६० रुपैयाँ र ३० भन्दा माथि अवधिका लागि ६० रुपैयाँ बोनसदर तोकेको छ ।
६. अग्रिम भुक्तानी सावधिक (जीवन सम्वृद्धि)
कम्पनीले यस बीमालेखमा १५ वर्षे अवधिका लागि ५० र २० वर्षे अवधिका लागि ५० रुपैयाँ बोनसदर तोकेको छ ।
७. अग्रिम भुक्तानी सावधिक बीमालेख (धनवर्षा १५ वर्ष, धन वर्षा २० वर्ष नौलो धन वर्षा, जीवन उन्नती, छोराछोरी र सदावहार जीवन)
यस बीमालेखमा कम्पनीले सबै बीमा अवधिका लागि ५० रुपैयाँ बोनस दर निर्धारण गरेको छ।
८. कम्पनीले अग्रिम भुक्तानी सावधिक बीमालेख (नौलो जीवन सम्वृद्धि)
कम्पनीले यस बीमलेखमा १० वर्षे अवधिका लागि ५१ रुपैयाँ, ११ देखि १५ वर्षका लागि ५१ रुपैयाँ, १६ देखि २० वर्षका लागि ५१ रुपैयाँ, २१ देखि २५ वर्षका लागि ५१ रुपैयाँ, २६ देखि ३० वर्षका लागि ५१ रुपैयाँ र ३० भन्दा माथि अवधिका लागि ५१ रुपैयाँ बोनसदर तोकेको छ ।
९.अन्य (जीवन सारथि)
कम्पनीले यस बीमालेखमा १० वर्षे अवधि सम्मका लागि ६२ रुपैयाँ ११ देखि १५ वर्ष अवधिका लागि ६२ रुपैयाँ, १६ देखि २० वर्ष अवधिका लागि ६२ रुपैयाँ, २१ देखि २५ वर्ष अवधिका लागि ७२ रुपैयाँ र २६ देखि ३० वर्षे अवधिका लागि ८५ र ३० भन्दा माथि अवधिका लागि पनि ८५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।