निर्जीवन बीमा कम्पनीहरूले पनि पुयाएनन् नियमन निर्देशन अनुसारको पुँजी, अब के हुन्छ ?

काठमाडौं । नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले दिएको निर्देशन अनुसार निर्जीवन बीमा कम्पनीहरूले पनि पुँजी पुर्याएका छैनन् । निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरू मध्य चार इन्स्योरेन्स कम्पनीले मात्रै प्राधिकरणले तोके बमोजिमको पुँजी कायम गरेका छन् ।

बीमा प्राधिकरणले निर्जीवन बीमा वइवसाय गर्ने कम्पनीहरूलाई साढे २ अर्ब चुक्ता पुँजी कायम गर्नु पर्ने व्यवस्था गरेको छ । १४ निर्जीवन बीमा कम्पनीमध्ये आईजीआई प्रुडेन्सियन इन्स्योरेन्स, सगरमाथा लूम्बिनी इन्स्योरेन्स, सिद्धार्थ प्रिमियम इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, शिखर इन्स्योरेन्सले निकायले तोके बमोजिमको न्यूनतम पुँजी कायम गरेका छन् ।

वि.स २०५७ साल माघ १० गते दर्ता भएको आईजीआई प्रुडेन्सियन इन्स्योरेन्सले नियमन निकायले तोके बमोजिमको न्यूनतम पुँजी कायम गरेको छ । कम्पनीको चुक्ता पुँजी ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।

त्यसैगरी सोही अवधिमा निर्जीवान बीमा व्यवसाय गर्ने सिद्धार्थ प्रिमियम इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ पुगेको छ । कम्पनी वि.स २०५१ साल वैशाख ८ गते दर्ता भएको हो ।

शिखर इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ छ । कम्पनी २०६१ साल कार्तिक २६ गते दर्ता भएको थियो ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २ अर्ब ६२ करोड २६ लाख रुपैयाँ चुक्ता पुँजी पुगेको छ । कम्पनी वि.स. २०५३ साल असार १३ गते दर्ता भएको थियो ।

यो अवधिमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ५० करोड १ लाख रुपैयाँ पुगरेको छ । सो कम्पनीले नियमा निकायले तोके बमोजिमको न्यूनतम पुँजी कायम गरेको छ ।

नेपाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ६४ करोड ४२ लाख रुपैयाँ पुगेको छ । नेपाल इन्स्योरेन्सले जग्गा सम्पत्ति बेच्ने र नपुग पुँजी जुटाउनको लागि ५६ प्रतिशत राइट सेयर दिने भएको छ ।

नेशनल इन्स्योरेन्स विदेशी कम्पनी भएकोले यसलाई विदेशी कम्पनीको शाखाको रुपमा हेरिएकोले पुँजी पुर्याउनु पर्ने दवाव नरहेको प्राधिरणले स्पष्ट पारेको छ ।

यूनाइटेड अजोड इन्स्योरेन्सको चुक्त पुँजी २ अर्ब १० करोड पुगेको छ । कम्पनीले पुँजी पुर्याउनको लागि २५ प्रतिशत रायट सेयर दिनको लागि नेपाल बीमा प्राधिकरणमा आवेदन दिइसकेको छ ।

नेको इन्स्योरेन्सको चुक्तम पुँजी दुई अर्ब १ करोड रुपैयाँ छ । कम्पनीले पुँजी पुर्याउनको लागि २५ प्रतिशत राइट सेयर दिने तयारी गरिरहेको छ ।

त्यसै गरी चालु आवको साउनदेखि फागुन अन्त्यसम्म प्रभु इन्स्योरेन्सको चुक्त पुँजी १ अर्ब ३७ करोड ६१ लाख रुपैयाँ पुगेको छ ।
निर्जीवन बीमा व्यवसाय गर्ने एनएलजी इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ पुगेको छ । कम्पनीले ६७ प्रतिशत राइट सेयरका लागि स्वीकृत पाइसकेको छ ।

त्यसै गरी सानिमा जिआइसी इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुगेको छ । सानिमा जीआईसीले पनि २५ प्रतिशत राइट सेयरको प्रस्ताव गर्ने भएको छ ।

राष्ट्रिय बीमा कम्पनीको चुक्ता पुँजी ६६ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स