सानिमा जिआईसी इन्स्योरेन्सको ३ लाख ६४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौ । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ। कम्पनीले संस्थापक समूहमा रहेको ३ लाख ६४ हजार २८६ कित्ता सेयर राखिएको हो ।

इच्छुक संस्थापक सेयरधनीहरूले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौं नागपोखरीस्थित कुमारी क्यापिटल लिमिटेड आइपुग्ने गरी आवेदन दिनुपर्ने छ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १८६ रुपैयाँ निर्धारण गरिएको छ ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरूबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स