साविक युनाइटेड इन्स्योरेन्सका ६० सेयरधनीहरूको सेयर कसले पार्यो बेपत्ता ?

न्याय माग्दै पुगे निमायक निकाय, अध्यक्ष श्रेष्ठ भन्छन्– हामी दिन्छौं

काठमाडौं । साविक युनाइटेड इन्स्योरेन्सका सेयरधनीहरूको सेयर नै हराएको छ ।

युनाइटेड इन्स्योरेन्सको सेयर धनी रहेका तर डिम्याट खातामा नभएका ६० जना भन्दाबढी सेयर धनीहरूको नाम नै गायब भएको हो ।
अहिलेसम्म डिम्याट नगरी बसेका सेयरधनी अहिले आफ्नो नाममा रहेको सेयर डिम्याट गराउन जाँदा आफै गायब रहेको थाहा पाएका छन् ।
आफूसँग भएको सेयरको प्रमाणपत्र लिएर गएपनि कम्पनीको लगतमा भने उक्त नम्बरको सेयर अन्यको नाममा गइसकेको पाएका छन् ।
सरकारले २०७२ साल माघ २ गतेबाट पूर्ण रुपमा लगानीकर्ताको हितग्राही खाता (डिम्याट) खाताको व्यवस्था गरिएको छ ।

आम सेयरधनी समयमानै सेयर डिम्याट गर्न नगएका कारण यो झमेला आईलागेको हो ।

पछिल्लो समय युनाइटेड इन्स्योरेन्स र अजोड इस्यारेन्स एक अर्कामा मर्जर भएर एकीकृत कारोबार पनि गरिसकेका छन् । दुई कम्पनी मर्ज हुँदा कम्पनीको सेयर मिक्सम्याच भएको पनि हुन सक्ने देखिएको छ ।

सेयर प्रमाणपत्र आफूसँग हुँदा हुँदै पनि कम्पनीको सेयर आफ्नो नाममा नदेखिएपछि लगानीकर्ताहरू न्याय माग्दै नियामक निकाय धितोपत्र बोर्डमा पुगेका छन् ।

बोर्डका एक अधिकारीले हाम्रो अर्थसँग भने ‘सेयर प्रमाणपत्र देखाएर पिडितहरु आएका छन् । हामी अब विषय वस्तु के रहेछ हेर्ने छौं ।
अहिले उक्त इन्स्योरेन्स कम्पनी अजोडसँग मर्जरमा गएर युनाइटेड अजोडको नाममा कारोवार गरिरहेका छ ।

अब त्यस कम्पनीमा रहेका संचालक समिति तथा कम्पनी सचिव माफर्त उक्त समस्या समाधानको बाटोमा लाने बोर्डका ती अधिकारीको भनाई छ ।
सेयर धनी बाट नाम नै गाएम बभएका एक पिडित भन्छन् ‘मेरो सेयर प्रमाणपत्र छ ।

तर अहिले सिष्टममा देखिदैन । सेयर मेरो नाममा कहिले र कसरी आउँछ ?’ म जस्ता सेयर प्रमाणपत्र भएर पनि कम्पनीको सूची हटिएकाहरुले न्याय माग्नु पाउनु पर्यो । ’
हामी साना लगानीकर्ता हौं हामीलाई सबै व्यवस्थाहरु पनि थाहा छैन ।

नियामक निकाय नेपाल बीमा प्राधिकरण र धितोपत्रबोर्डबाट न्यायको आश गरेका छौं ।’

अजोड इन्स्योरेन्ससँग मर्जरमा गएको युनाइडेट इन्स्योरेन्समा केहि समस्या भएको युनाइटेड अजोड इन्स्योरेन्सका सञ्चालक समिति अध्यक्ष आजाद श्रेष्ठले हाम्रोअर्थलाई बताए । ‘हो युनाइटेड इन्स्योरेन्समा केहि समस्या छ, हामी यसलाई मिनिमाइज गर्न खोजिरहेका छौं’, अध्यक्ष श्रेष्ठले भने ‘केहि सेयरधनीको सेयर लगतमा देखिएको छैन । हामीलाई यो कुरा थाहा छ र मिलाउने प्रयास पनि गरिरहेका छौं । कम्पनीसँग अझै केहि सेयर बाँकी पनि छ । हामी यो केश यहि आर्थिक वर्षभित्र सल्टाउने खोजिरहेका छौं ।’

के हो डिम्याट खाता?
विभिन्न कम्पनीको सेयर खरिदबिक्री हुँदा पहिले भौतिक अर्थात् कागजी प्रमाणपत्रकै रुपमा हस्तान्तरण हुने गर्दथ्यो ।

अर्थात सेयर बेच्नेले प्रमाणपत्र नै दिने, खरिद गर्नेले फेरि आफ्नो नाममा प्रमाणपत्र नै पाउँथे ।

२०७२ माघ २ गतेबाट डिम्याट खाता पूर्ण रुपमा सञ्चालनमा आएको छ ।

हाल सेयर अभौतिक रुपमा अर्थात यहीं डिम्याट खातामा सिधै हस्तान्तरण हुन्छ ।

जसरी हामीले बैंक खातामा पैसा जम्मा गर्छौं, त्यसैगरी डिम्याट खातामा किनेको सेयर आफैं जम्मा हुन्छ ।

प्राथमिक सेयर (आइपिओ) भरेपछि परेमा खातामै जम्मा हुन्छ ।

त्यस्तै दोस्रो बजारमा सेयर बिक्री गर्दा खाताबाट सेयर संख्या घटेर खरिद गर्नेको डिम्याट खातामा जम्मा हुन्छ ।

यही सेयर जम्मा हुने खाता नै डिम्याट खाता हो । यस व्यवस्थामा नजानेहरुलाई अहिले समस्या हुँदै आएको छ ।

तर उनीहरुको नाम नै गायब बनाउने अधिकार भने कुनै पनि कम्पनीलाई छैन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स