सानिमा जिआईसी इन्स्योरेन्सको छैठौं वार्षिक साधारण सभा सम्पन्न, हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज चैत २९ गते काठमाडौंमा सम्पन्न भएको हो ।

सभाले आ.व २०७९/८० को वार्षिक प्रतिवेदन, नेपाल वित्तिय प्रतिवेदनमान बमोजिमको वित्तीय विवरण सर्वसम्मत रुपमा पारित गरेको छ ।

त्यसैगरी आगामी आ.व. २०८०/८१ का लागि कम्पनीको वार्षिक लेखा परिक्षकमा एन. अमात्य एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेण्टस्लाई नियुक्त गर्न संचालक समितिको प्रस्ताव सभाले सर्वसम्मत रुपमा पारित गरेको छ ।

सभाले संचालक समितिबाट मनोनित स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित गर्नुका साथै कम्पनीको चुक्ता पुँजी २ अर्बको २५ प्रतिशत बराबर ५० करोडको हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

उक्त सभाले कम्पनी ऐनको दफा १०५ को उपदफा १ (ग) बमोजिम आ.व. २०७९/८० मा भएको खर्चको अनुमोदन गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स