प्रभु इन्स्योरेन्सको साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

काठमाडौं । प्रभु इन्स्योरेन्सले २८ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले सभा वैशाख २० गते काठमाडौंको तीनकुनेस्थित कम्पनीको केन्द्रीय कार्यालयमा डाकेको हो ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिनेछ। लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०८० साल असार मसान्तको वासलात तथा आव २०७९/८० को नाफा–नोक्सान हिसाब एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँट हिसाब, इक्विटीमा भएको परिवर्तनलगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरण सहितका अनुसूचीहरु सभाले अनुमोदन गर्नेछ।

सञ्चालक समितिबाट प्रस्ताव गरेबमोजिम प्रस्तावित बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि आव २०७९।८० सम्मको सञ्चित नाफाबाट कम्पनीको चुक्तापुँजी १ अर्ब ३७ करोड ६१ लाख २२ हजार २६० को ०.२५ प्रतिशतले हुन आउने रकम ३४ लाख ४० हजार ३०६ नगद लाभांश र ४.७५ प्रतिशतले हुन आउने ६ करोड ५३ लाख ६५ हजार ८०७ रकमबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

सभाले आव २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा (बहालवाला लेखापरीक्षक निलबहादुर सारुमगर ९एनबीएसएम एन्ड एसोसियट्स) पुनः नियुक्तको प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

नेपाल बीमा प्राधिकरणबाट तोकिएबमोजिमको चुक्तापुँजी २ अर्ब ५० करोड पुर्याउन सम्बन्धित निकायले दिएको निर्देशनबमोजिम हुने गरी हकप्रद सेयर वा नियमानुसारको अन्य कुनै विकल्प भए सोहीबमोजिम हुने गरी बीमा प्राधिकरणको स्वीकृतिपश्चात आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्न विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

सञ्चालक समितिको संरचनामा परिवर्तन गरी सञ्चालक समितिमा कम्तीमा १ जना महिला सञ्चालक र १ जना स्वतन्त्र सञ्चालकसहित जम्मा ७ जनाको सञ्चालक समिति गठन गर्ने र सोहीबमोजिम नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव सभाले पारित गर्नेछ।

सभाले कम्पनीको मिति २०७५ जेठ १० गते सम्पन्न विशेष साधारणसभाबाट निर्वाचित सञ्चालकहरुको पदावधि समाप्त भएपश्चात आगामी वार्षिक साधारणसभासम्मका लागि पदावधि थप गर्ने तथा मिजास भट्टचनलाई सञ्चालक नियुक्त गर्नेबारे सञ्चालक समितिको निर्णयलाई अनुमोदन गर्नेछ।

कम्पनीको विशेष प्रस्तावअन्तर्गत प्रस्तावको निर्णय कार्यान्वयनको लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न तथा सम्बन्धित निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव सभाले पारित गर्नेछ। कम्पनीको संस्थापक सेयरधनी समूह ‘क’बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने पद २ तथा संस्थापक सेयरधनी समूह ‘ख’ बाट १ ९श्री कर्मचारी सञ्चय कोषबाट मनोनित र सर्वसाधारण सेयरधनी समूह ‘ग’ बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद ३ को निर्वाचन सभाले गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले वैशाख ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ वैशाख ७ गतेभन्दा अघिसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स