काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको १६ हजार ६५९ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।
उक्त सेयरको न्यूनतम मूल्य २०५ रुपैयाँ तोकिएको छ । यसमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न सक्नेछन् ।
सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौं सुन्धारामा रहेको कम्पनीको प्रधान कार्यालयमा आवश्यक कागजात प्रमाण संलग्न गरी आवेदन दिनुपर्नेछ ।
तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघसंस्थालाई सेयर बिक्री प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ ।