फागुनसम्म निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय २६ अर्ब २६ करोड, कुन कम्पनीले कति गरे बिजनेश  ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो चौमास फागनुमसान्तसम्म देशमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरूले २६ अर्ब २६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत आवको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरूले २५ अर्ब ८७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

बीमा कम्पनीहरूले फागुन महिनामात्रै ३ अर्ब ६८ करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । निर्जीवन बीमा कम्पनीहरूले चालु आवको फागुन महिनामा २ लाख ५९ हजार ३७ बीमा लेख जारी गरेर सो व्यापार गरेका हुन् ।
गत आवको फागुन महिनामा बीमा कम्पनीहरूले २ लाख ४० हजार १७० बीमा लेख जारी गरेर २ अर्ब ८१ करोड रुपैयाँ बीमा व्यवसाय गरेका थिए ।

चालु आवको फागुनमसान्तसम्म सबैभन्दा बढी बीमा व्यवसाय शिखर इन्स्योरेन्सले गरेको छ । कम्पनीले फागुन महिनासम्म २ लाख ८ हजार २४५ ओटा बीमा लेख जारी गरेर सो व्यवसाय गरेर ३ अर्ब ७१ करोड ८७ लाख रुपैयाँको बीमा व्यवसाय गरेको छ । कम्पनलिे फागुन महिनामात्रै २९ हजार ३३३ ओटा बीमा लेख जारी गरेर ८२ करोड ३० लाख रुपैयाँको बीमा व्यवसाय गरेको छ ।

बढी बीमा व्यवसाय गर्ने दोस्रो कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स परेको छ । कम्पनीले चालु आवको फागुनमसान्तसम्म १ लाख ९६ हजार ५६५ बीमा पोलिसी जारी गरेर ३ अर्ब ४ करोड ३१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो । फागुन महिनामा भने कम्पनीले २४ हजार ९१ ओटा बीमा लेख जारी गरेर ३७ करोड १० लाख रुपैयाँको बीमा लेख जारी गरेको छ ।

फागनु महिनासम्म बढी बीमा व्यवसाय गर्ने तेस्रो कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स परेको छ । कम्पनीले फागुनमसान्तसम्म २ अर्ब ५६ लाख ११ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले २ लाख ३ हजार ५६५ ओटा बीमा पोलिसी जारी गरेको छ । फागुन महिनमात्रै कम्पनीको व्यापार २९ करोड १२ लाख रुपैयाँ रहेको छ । कम्पनीले फागुन महिनामा २४ हजार ६३१ वटा बीमा पोलिसी जारी गरेको हो ।

त्यसैगरी आईजीआई प्रूडेन्सियल १ लाख ६२ हजार ३५४ ओटा बीमा पोलिसी जारी गरेर २ अर्ब ३० करोड २३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । नेको इन्स्योरेन्सले चालु आवको यो अवधिसम्म २ अर्ब ११ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले चालु आवको फागुनमसान्तसम्म २ अर्ब ८ करोड ९१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले १ लाख ६६ हजार १८९ ओटा बीमा शुल्क आर्जन गरेर सो बीमा शुल्क आर्जन गरेको हो । हिमालयन एभरेष्ट इन्स्योरेन्सले फागुन महिनामा २० हजार ७६० बीमा पोलिसी जारी गरेर २२ करोड ३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।

त्यसैगरी नेपाल इन्स्योरेन्सले समीक्षा अवधिमा ९९ करोड ४७ लाख रुपैयाँ, दि ओरिएन्टलले १ अर्बृ १८ करोड २४ लाख, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब २६ लाख २० हजार, प्रभु इन्स्योरेन्सले १ अर्ब २० करोड १७ लाख, एनएलजी इन्स्योरेन्सले १ अर्ब ६२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

सानिमा जीआईसीले १ अर्ब ५६ करोड १३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने युनाइटेड इन्स्योरेन्सले १ अर्ब ७४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

लघु बीमातर्फ नेपाल माइक्रोले ४ करोड ९० लाख, प्रोटेक्टिभ माइक्रोले ३ करोड ४८ लाख र स्टार माइक्रोले १ करोड ९४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स