हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक समूहको सेयर बिक्रीमा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ । कम्पनीले स्वदेशी सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट प्रा.लि.को ६४ हजार ५०९ कित्ता संस्थापक सेयर बोलकबोलमार्फत बिक्रीमा राखेको हो ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १७५ रुपैयाँ निर्धारण गरिएको छ । सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरु वा अन्य जो कोहि व्यक्ति कम्पनी तथा संघ संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् ।

आवेदन पेश गर्ने अन्तिम मिति चैत २० गते रहेको छ ।

लगानीकर्ताले थापाथलीमा रहेको एनआईसी एशिया क्यापिटलमा आफुले लिन चाहेको सेयर संख्या र दर खुलाई गोप्य शिलबन्दी आवेदन पेश गर्नुपर्नेछ । सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन पेश गर्नुपर्नेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स