काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले १ लाख ४९ हजार ११६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
कम्पनीले संस्थापक सेयरधनी सन्दीप खेतानको नाममा रहेको ९९ हजार ४११ कित्ता र जुली चाचानको नाममा रहेको ४९ हजार ७०५ कित्ता सेयर बिक्रीमा ल्याएको हो।
कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ २७० रुपैयाँ तोकेको छ । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले मंगलबार (चैत १३ गते) बाट ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय सीटीसी मल, सुन्धारा काठमाडौं आवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।