काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सुरेशलाल श्रेष्ठ चयन भएका छन् । कम्पनीको चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।
कम्पनीको वार्षिक साधारण सभाले संस्थापक सेयरधनीहरूको प्रतिनिधित्व गर्दै सुरेश लाल श्रेष्ठ, पवन कुमार अग्रवाल, राहुल अग्रवाल, राजन कृष्ण श्रेष्ठ सञ्चालकमा निर्वाचित गरेको छ ।
सभाले सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सुमित कुमार केडिया र प्रभु कृष्ण श्रेष्ठ निर्वाचित गरेको छ।