५८ सय कर्मचारीबाट सञ्चालन हुन्छन् जीवन बीमा कम्पनी, कुनमा कति कार्यरत ?

काठमाडौं । मुलुकमा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनी ५ हजार ८१४ कर्मचारीबाट सञ्चालन हुने गरेको देखिएको छ ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार १९ बीमा कम्पनीमा ५ हजार ८१४ जना कर्मचारी कार्यरत छन् ।

१९ जीवन बीमा कम्पनीको मुलुकभर प्रधान कार्यालयसहित २ हजार १९७ वटा शाखा कार्यालय सञ्चालनमा छन् ।

समितिको तथ्यांकअनुसार औसतमा एउटा जीवन बीमा कम्पनीको कार्यालयमा २.६४ जना कमर्मचारी कार्यरत छन् ।

कर्मचारी र कार्यालय संख्याको आधारमा नेपाल लाइफ पहिलो स्थानमा छ । नेपाल लाइफले ६४५ कर्मचारीबाट १९७ वटा कार्यालय सञ्चालन गरेको छ ।

एशियन लाइफले ४६२ कर्मचारीबाट १४९ वटा कार्यालय सञ्चालन गरेको छ ।

ज्योति लाइफमा ४३४ कर्मचारी कार्यरत छन् । कम्पनीको १२४ वटा कार्यालय सञ्चालनमा छ ।

राष्ट्रिय बीमा संस्थानको २२ कार्यालयमा १२४ जना कर्मचारी कार्यरत छन् ।

नेशनल लाइफले ३७७ जना कर्मचारीबाट १०८ वटा कार्यालय सञ्चालन गरिरहेको छ ।

एलआईसीको ८१ कार्यालय २३९ जना कर्मचारीबाट सञ्चालन भइरहेको छ ।

मेट लाइफको ३३ कार्यालय १५९ कर्मचारीबाट सञ्चालन भइरहेको छ ।

सूर्या लाइफले २८८ कर्मचारीबाट १२५ वटा कार्यालय चलाइरहेको छ ।

गुराँस लाइफको ९३ वटा कार्यालयमा २३३ जना कर्मचारी कार्यरत छन् ।

प्राइम लाइफको १५५ वटा कार्यालय ३६२ जना कर्मचारीबाट सञ्चालन भइरहेको छ ।

आइएमई लाइफको १३४ वटा कार्यालयमा २६२ जना कर्मचारीबाट सञ्चालन भइरहेको छ ।

युनियन लाइफले २२५ जना कर्मचारीबाट १७८ वटा कार्यालय चलाइरहेको छ ।

सन नेपाल लाइफले ३५३ जना कर्मचारीबाट १९१ वटा कार्यालय सञ्चालन भइरहेको छ ।

रिलायवल लाइफको ८२ कार्यालयमा ३२९ जना कर्मचारी कार्यरत छन् ।

रिलायन्स लाइफको ११९ कार्यालयमा २५२ जना कर्मचारी कार्यरत छन् ।

सिटिजन्स लाइफले ३११ कर्मचारीबाट १२७ वटा कार्यालय सञ्चालन गरिरहेको छ ।

सानिमा लाइफले २४३ कर्मचारीबाट ११८ वटा कार्यालय सञ्चालन गरिरहेको छ ।

प्रभु लाइफको ९९ कार्यालयमा २९१ जना कर्मचारी कार्यरत छन् ।

महालक्ष्मी लाइफको ६२ कार्यालयमा २२५ जना कर्मचारी कार्यरत छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स