राष्ट्रिय जीवन बीमा कम्पनीको व्यवसाय ५ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ९८ करोड १९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले चालु आवको साउनदेखि माघ महिनासम्म प्रथम बीमा र नवीकरण बीमाम पाँच हजार ६९६ पोलिसी जारी गरेर उक्त व्यापार गरेको हो । सात महिनामा कम्पनीको प्रथममा भन्दा नवीकरणमा बढि प्रिमियम संकलन भएको छ ।

चालु आवको साउनदेखि माघ महिनासम्म कम्पनीले प्रथम बीमा व्यवसायबाट ३५ करोड १४ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ भने सोहि अवधिमा नवीकरण बीमा व्यवसायबाट ४ अर्ब ६३ करोड ५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको नेपाल बीमा प्रधिकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

बीमा व्यवसाय गर्ने यस कम्पनीले माघ महिनामा प्रथम र नवीकरण बीमामा ६८५ पोलिसी जारी गरेर २२ करोड ३७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले प्रथम बीमाबाट तीन करोड ३५ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ भने नवीकरण बीमा व्यवसायबाट १९ करोड २ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

त्यस्तै पुष महिनामा कम्पनीको बीमा व्यवसाय २०.९१ प्रतिशतले वृद्धि भएको थियो । कम्पनीले ६२४ पोलिसी जारी गरेर प्रथम बीमा ३ करोड ५५ लाख रुपैयाँ र नवीकरण बीमा १९ करोड ७६ लाख रुपैयाँ गरी २३ करोड ३१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

मंसिर महिनामा कम्पनीले प्र्रथम बीमा र नवीकरण बीमा १ हजार ५९६ पोलिसी जारी गरेर २९ करोड ४८ लाख रुपैयाँ प्रिमियम संकलन गरेको थियो । सो महिनामा कम्पनीको व्यापार ६९.२९ प्रतिशतले वृद्धि भएको थियो । कार्तिक महिनाको तुलनामा कम्पनीको व्यवसाय मंंसिरमा ५.०२ प्रतिशतले बढि हो ।

राष्ट्रिय जीवन बीमा कम्पनीको कार्तिक महिनामा ६४.२७ प्रतिशतले वृद्धि भएको थियो । कम्पनीले प्रथम बीमा र नवीकरण बीमाम ६१२ पोलिसी जारी गरेर १७ करोड ४१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो । असोज महिनाको तुलनामा कम्पनीको व्यवसाय कार्तिकमा १०१.२६ प्रतिशतले कम हो ।

असोज महिनामा कम्पनीको बीमा व्यवसाय १६५.५३ प्रतिशतले वृद्धि भएको थियो । कम्पनीले प्रथम बीमा र नवीकरण बीमा ७३८ पोलिसी जारी गरेर ४८ करोड ७४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले प्रथम बीमाबाट ४ करोड ८५ लाख रुपैयाँ नवीकरण बीमा ४३ करोड ८९ लाख रुपैयाँ प्रिमियम संकलन गरेको हो ।

भदौ महिनामा कम्पनीले ७०३ पोलिसी जारी गरेर प्रथम बीमाम ३ करोड ३० लाख रुपैयाँ र नवीकरण बीमा १९ करोड २० लाख रुपैयाँ गरी २२ करोड ५१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । सो महिनामा कम्पनीको व्यापार ९३.२६ प्रतिशतले वृद्धि भएको हो ।

त्यस्तै बीमा व्यवसायी गर्ने यस कम्पनीको साउन महिनामा ६५४.०७ प्रतिशले वृद्धि भएको थियो । कम्पनीले प्रथम बीमा र नवीकरण बीमाम ५ हजार ६९६ पोलिसी जारी गरेर ३ अर्ब ३४ करोड ३४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स