सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ७ महिनाको व्यापार ३ अर्ब माथि

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको ७ महिनामा ३ अर्ब ३८ करोड २६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले चालु आवको साउनदेखि माघ महिनासम्म प्रथम बीमा र नवीकरण बीमा व्यवसायमा ३ लाख ४३ लाख ७१४ पोलिसी जारी गरेको छ ।

कम्पनीले माघ महिनासम्म प्रथम बीमा व्यवसायबाट ७० करोड ५७ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ भने सोहि अवधिमा २ अर्ब ५२ करोड ३४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

कम्पनीले चालु आवको माघ महिनामा प्रथम बीमा र नवीकराण बीमामा ६८ हजार ५३९ पोलिसी जारी गरेर ५२ करोड ७३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । माघ महिनामा कम्पनीको व्यापार ८.५२ प्रतिशतले वृद्धि भएको छ । पुष महिनाको तुलनामा माघमा कम्पनीको बीमा व्यवसाय ५.९८ प्रतिशतले बढि हो ।

पुष महिनामा कम्पनीको व्यवसाय २.५४ प्रतिशत वृद्धि भएको थियो । कम्पनीले ५८ हजार ५२७ पोलिसी जारी गरेर प्रथम बीमा व्यवसायबाट १५ करोड ६२ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ भने नवीकरण बीमा व्यापारबाट ३२ करोड ९७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

बीमा व्यवसाय गर्ने सानिमा रिलायन्स इन्स्योरेन्सले व्यापार मंसिर महिनामा २५.७८ प्रतिशतले वृद्धि भएको थियो । कम्पनीले प्रथम बीमा र नवीकरण बीमा ४८ हजार ७९५ पोलिसी जारी गरेर ४७ करोड ३९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

कार्तिक महिनामा कम्पनीले प्रथम बीमा र नवीकरण बीमामा ४७ हजार ४९६ बीमा पोलिसी जारी गरेर ३७ करोड ६७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

असोज महिनामा कम्पनीले सबै भन्दा बढि ६९ हजार ५०५ बीमा पोलिसी जारी गरेको तथ्याङमा उल्लेख छ । कम्पनीले प्रथम बीमा १२ करोड ६८ लाख रुपैयाँ र नवीकरण बीमाम ३७ करोड ५७ लाख रुपैयाँ गरी ५० करोड २६ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो ।

भदौ महिनामा १६ हजार ६१६ बीमा पोलिसी जारी गरेर ३४ करोड ७८ लाख प्रिमियम संकलन गरेको थियो । जीवन बीमा व्यवसाय गर्ने यस कम्पनीले साउन महिनामा सबै भन्दा बढि व्यवसाय गरेको छ । प्रथम बीमा र नवीकरण गरी कम्पनीले ३४ हजार २३६ बीमा पोलिसी जारी गरेर ६६ करोड ८१ लाख १४ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स