हिमालयन रि इन्स्योरेन्सको साधारण सभा सम्पन्न, ८० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज फागुन २० गते राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग काठमाडौंमा सम्पन्न भएको हो ।

उक्त सभामा गत आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित भएको छ ।

यस्तै सभामा बोनस सेयर वितरणपश्चात कायम हुने चुक्तापुँजीमा ८० प्रतिशत (१ः०.८० अनुपात) हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित भएको छ । सभामा गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको वित्तीय विवरणहरु पारित तथा चालु आवका लागि लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्ताव पारित भएको छ ।

सभाबाट २ जना सर्वसाधारण र १ जना संस्थापक सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स