काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आवको सात महिनामा ५ अर्ब ३ करोड २३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । चालु आवको यो अवधिमा कम्पनीले तीन लाख २५ हजार २१० बीमा पोलिसी जारी गरेको छ । कम्पनीले यो अवधिमा प्रथम बीमा व्यवसायबाट १ अर्ब १५ करोड २७ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ भने नवीकरण बीमा व्यवसाय गरेर ३ अर्ब ८७ करोड ९४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
चालु आर्थिक वर्षको साउनदेखि माघ महिनासम्म सार्वजनिक गरेको तथ्यांकअनुसार सूर्यज्योति इन्स्योरेन्सको प्रथम बीमा र नवीकरण बीमा गरी सबै भन्दा बढि व्यवसाय साउन महिनामा भएको छ भने असोज महिनामा कम्पनीले पोलिसी राम्रो बनाएको हो ।
माघ महिनामा कम्पनीको व्यवसाय ९.२६ प्रतिशतले वृद्धि भएको छ । प्रथम बीमा र नवीकरण बीमामा कम्पनीले ४९ हजार ९६६ पोलिसी जारी गरेर ७४ करोड ८६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । पुष महिनाको तुलनामा कम्पनीको बीमा व्यवसाय ९.२५ प्रतिशतले कम हो ।
कम्पनीको व्यवसाय पुष महिनामा १८.५१ प्रतिशतले वृद्धि भएको थियो । पुष महिनामा कम्पनीले प्रथम बीमा र नवीकरण बीमामा ५० हजार ५०९ पोलिसी जारी गरेर ८२ करोड ५१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।
चालु आवको यो अवधि मंसिर महिनामा कम्पनीको व्यवसाय ५२.१७ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले ५३ हजार ३०६ बीमा पोलिसी जारी गरेर ६९ करोड ६२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कार्तिक महिनाको तुलनामा कम्पनीको व्यवसाय मंंसिर महिनामा १२.८१ प्रतिशतले बढीे हो ।
कार्तिक महिनामा कम्पनीको व्यवसाय ३९.३६ प्रतिशतले व्यापार गरेको थियो । कम्पनीले प्रथम बीमा र नवीकरण बीमाम ३५ हजार ८८० पोलिसी जारी गरेर ४५ करोड ७५ लाख प्रिमियम संकलन गरेको हो । त्यसै गरी बीमा व्यवसाय गर्ने सो कम्पनीको असोज महिनामा ३८.३३ प्रतिशतले व्यापार वृद्धि भएको छ । ६१ हजार ४४१ बीमा पोलिसी जारी गरेर ७५ करोड ४५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।
भदौ महिनामा ३६ हजार ८७९ बीमा पोलिसी जारी गरेर ५४ करोड ५४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले भदौमा ४५.७० प्रतिशतको व्यवसाय गरेको हो । कम्पनीले साउन महिनामा ३६ हजार २२९ पोलिसी जारी गरेर यो अवधिसम्म सबै भन्दा बढि १ अर्ब ४५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।