सिटिजन लाइफको ७ महिनाको व्यापार सवा ३ अर्ब

काठमाडौं । सिटिनज लाइफ इन्स्योरेन्सले आर्थिक वर्षको माघ महिनासम्म ३ अर्ब २६ करोड ६२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले चालु आवको यो अवधिमा प्रथम बीमा र नवीकरण बीमामा ३ लाख ८१ हजार ८४५ पोलिसी जारी गरेर ६.६७ प्रतिशत प्रिमियम संकलन गरेको देखिन्छ ।

चालु आवको माघ महिनासम्म कम्पनीले प्रथम बीमाबाट ९५ करोड ६३ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ भने नवीकरण बीमा व्यवसाय गरेर ४३ करोड ५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

चालु आर्थिक वर्षको सात महिना साउनदेखि माघ महिनासम्म कम्पनीले सबै भन्दा बढि व्यवसाय साउन महिनामा गरेको छ । त्यस्तै कम्पनीको व्यवसाय पोलिसीको हिसाबले भदौ महिना सबैभन्दा राम्रो देखिन्छ ।

माघ महिनामा कम्पनीले ६५ हजार ४२० बीमा पोलिसी जारी गरेर प्रथम बीमा १५ करोड ९० लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ भने नवीकरण बीमा व्यवसायबाट ३६ करोड ९६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो । यस अवधिमा कम्पनीको व्यवसाय ६.०६ प्रतिशत वृद्धि भएको छ । पुस महिनाको तुलनामा कम्पनीको बीमा व्यवसाय माघमा ४.१५ प्रतिशतले कम हो ।

पुष महिनामा कम्पनीको यस्तो व्यवसाय १०.२१ प्रतिशतले वृद्धि भएको थियो । सिटिजन लाइफ इन्स्योरेन्सले ६१ हजार ८२६ पोलिसी जारी गरेर प्रथम बीमा र नवीकरण बीमा व्यवसाय गरेर ४९ करोड ८४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

मंसिर महिनामा प्रथम बीमा र नवीकरण बीमा ७४ हजार ७७१ बीमा पोलिसी जारी गरेर ४५ करोड २१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सो महिनामा कम्पनीको व्यवसाय ६०.०६ प्रतिशतले वृद्धि भएको हो ।

कार्तिक महिनामा कम्पनीले ४२.७४ प्रतिशतले व्यापार वृद्धि गरेको थियो । सिटिजन लाइफले ४२ हजार ४३५ बीमा पोलिसी जारी गरेर २८ करोड २५ लाख प्रिमियम संकलन गरेको थियो । असोज महिनाको तुलनामा कम्पनीको व्यवसाय घटेको नेपाल बीमा प्राधिकरणको तथ्यांकमा उल्लेख गरिएको छ ।

असोज महिनामा सिटिजन लाइफ इन्स्योरेन्सको व्यापार १४.३० प्रतिशतले वृद्धि भएको थियो । असोजमा ६९ हजार ९३८ बीमा पोलिसी जारी गरेर १४ करोड २६ लाख रुपैयाँ प्रथम बीमा र नवीकरण बीमा ३५ करोड ७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीले दुवै बीमा व्यवसाय गरेर ४९ करोड ३४ लाख प्रिमियम संकलन गरेको सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ । भदौ महिनाको तुलनामा असोजमा कम्पनीको व्यवसाय बढेको हो ।

भदौ महिनामा ७३ हजार ७४ बीमा पोलिसी जारी गरेर ४३ करोड १६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीको व्यवसाय सो महिनामा २५.५० प्रतिशतले वृद्धि घएको हो । साउन र भदौ महिनामा कम्पनीको व्यापार घटेको देखिन्छ ।

साउन महिनामा ६४ हजार २४९ बीमा पोलिसी जारी गरेर प्रथम बीमा १४ करोड ८८ लाख रुपैयाँ र नवीकरण बीमाम ४३ करोड ५ लाख रुपैयाँ गरी ५७ करोड ९४ लाख रुपैयाँ प्रिमियम संकलन गरेको थियो ।

सिटिजन लाइफ इन्स्योरेन्सको व्यापार

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स