सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ।

कम्पनीको फागुन १४ गते बसेको संचालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजारको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स