एलआईसी नेपालको नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम ६६ रूपैयाँसम्म बोनस पाउने

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआईसी)ले नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले बीमितहरुका लागि आर्थिक वर्ष २०७९/८० को लागि नयाँ बोनसदर घोषणा गरेको हो ।

कम्पनीले आव २०७९/८० को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धि बीमांककीय प्रतिवेदन नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृती भएबमोजिम बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको बोनसदर अनुसार बीमितले न्यूनतम प्रतिवर्ष प्रति हजार ४० रुपैयाँदेखि अधिकतम ६६ रूपैयाँसम्म बोनस पाउनेछन् ।

१.सावधिक,जीवन विद्या, जीवन साथी र जीवन श्री बीमालेख
कम्पनीले यस बीमादेख अन्तर्गत ५ देखि ९ वर्ष अवधिका लागि ५१ रुपैयाँ, १० देखि १४ वर्षका लागि ५२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ५३ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५५ र २५ देखि माथि अवधिका लागि ६१ रुपैयाँ बोनस दर तोकेको छ।

२. जीवन आनन्द
कम्पनीले यस बीमा योजना अन्तर्गत ५ देखि ९ वर्ष अवधिका लागि ५० रुपैयाँ, १० देखि १४ वर्षका लागि ५२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ५५ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५७ रुपैयाँ र २५ देखि माथि अवधिका लागि ६० रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।

३. बाल सावधिक
कम्पनीले यस बीमालेख योजनामा १५ देखि १९ वर्ष अवधिका लागि ५१ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५५, २५ देखि २९ वर्षका लागि ६३ र ३० देखि माथि अवधिका लागि ६४ रुपैयाँ तोकेको छ ।

४. धन वृष्टि
कम्पनीले यस योजनामा १० वर्षका लागि ५५ रुपैयाँ र १५ वर्षका लागि ५७ रुपैयाँ बोनस दर कायम गरेको छ।

५. धनफिर्ता
कम्पनीले जीवन बीमालेख योजनामा १५ वर्ष बीमा अवधिका लागि ५६ रुपैयाँ, २० वर्षका लागि ५७ रुपैयाँ र २५ वर्षका लागि ६० रुपैयाँ बोनसदर निर्धारण गरेको छ।

६. बाल ममता
कम्पनीले यस योजनामा १५ वर्ष बीमा अवधिका लागि ५५ रुपैयाँ, १६ देखि २० वर्षका लागि ५७ रुपैयाँ र २१ देखि माथि वर्षका लागि ६० रुपैयाँ बोनस दर निर्धारण गरेको छ।

७. जीवन तरंग
कम्पनीले यस बीमालेख अन्तर्गत १० वर्ष बीमा अवधिका लागि ४० रुपैयाँ, १५ वर्षेका लागि ५१ रुपैयाँ र २० वर्षे अवधिका लागि ४५ रुपैयाँ बोनसदर तोकेको छ।

८. न्यू जीवन तरंग
कम्पनीले यस योजनामा १० वर्ष बीमा अवधिका लागि ५० रुपैयाँ, १५ वर्षेका लागि ५१ रुपैयाँ र २० वर्षे अवधिका लागि ५५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ।

९. जीवन बचत
कम्पनीले यस योजनामा ५ देखि ९ वर्ष अवधिका लागि ४५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि ४८ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ५३ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५७ र २५ देखि माथि वर्षका लागि ६६ रुपैयाँ बोनस दर तोकेको छ ।

१०. जीवन लाभ
कम्पनीले यस योजनामा १० वर्ष अवधिका लागि ५१ रुपैयाँ, १५ वर्षका लागि ५२ रुपैयाँ, २० वर्षका लागि ५३ रुपैयाँ र २५ वर्षका लागि ५५ रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।

११. लघु सावधिक
कम्पनीले बीमालेख योजनामा सबै अवधिका लागि ४१ रुपैयाँ बोनस निर्धारण गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स