नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन, कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आइतबार हिमालयन रि इन्स्योरेन्स लिमिटेड र एसियन लाइफ इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

जसमा हिमालयन रि इन्स्योरेन्स ४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६२०.२९ रुपैयाँ कायम भएको छ । आज आइतबार कम्पनीको अन्तिम सेयरमूल्य प्रतिकित्ता ६४५.१० रुपैयाँ कायम थियो ।

त्यस्तै, एसियन लाइफको ७.७५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६१६.८० रुपैयाँ कायम भएको छ । आज कम्पनीको अन्तिम सेयरमूल्य प्रतिकित्ता ६६४.६० रुपैयाँ कायम थियो ।

योसँगै, अब मंगलबार समायोजित मूल्य अनुसार कम्पनीको सेयर कारोबारमा आउनेछ । भोलि सोमबार प्रजातन्त्र दिवसको अवसरमा सेयर बजार बन्द हुने भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स