निर्जिवन बीमाको प्रिमियम वृद्धि गर्नेगरी सिमा तोकिएकोमा महासंघद्वारा विरोध

काठमाडौं । बीमा समितिले निर्जीवन बीमाको प्रिमीयम तोकेपछि उद्योग वाणिज्य महासंघले आपत्ति जनाएको छ। समितिले खुला बजारको नीति विपरीत हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएको हो ।

समितिले असोज ६ गते सबै निर्जिवन बीमा कम्पनीहरूको लागि जारी गरेको गैर शुल्क बीमा व्यवसायका लागि न्यूनतम प्रिमियम दर र प्रिमियम वृद्धि गरि न्यूनतम सीमा तोकेको थियो ।

महासंघले खुला बजार अर्थव्यवस्थामा नियामक निकायद्धारा प्रिमियम वृद्धि सोही दरलाई नै न्यूनतम सीमा तोकिदा एकाएक आयोजनाको लागत बढन जाने जिकिर गरेको छ ।

महासंघले विज्ञप्ति जारी गर्दै स्वतन्त्र ऊर्जा उत्पादक, निर्माण व्यवसायी लगायत व्यवसायीका अनुसार बीमा समितिले जारी गरेको निर्देशनमा बीमाको प्रीमियम शुल्क भुक्तानी गरे पनि बीमितले बीमकबाट दाबी भुक्तानी पाउन नसक्ने उल्लेख गरेको छ ।

यसैगरी बजारमा प्रतिष्पर्धा निरुत्साहित हुने गरी नियामक निकाय समितिद्वारा निर्जीवन बीमा कम्पनीहरुलाई गैर शुल्क बीमा व्यवसायका लागि न्यूनतम प्रिमियम दरसम्बन्धमा जारी गरिएको निर्देशनमा पुनरावलोकन गर्न महासंघले आग्रह गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स