५.५ प्रतिशत हकप्रद निष्काशन पारित गर्दै एनएलजी इन्स्योरेन्सको साधारणसभा सम्पन्न

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको साधारणसभाले ५.५ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ । कम्पनीको आज भएको १८ औं वार्षिक साधारणसभाले २०८० साउन १५ गते सम्पन्न विशेष साधारणसभाबाट हकप्रद सेयर जारी गर्ने प्रस्ताव पास गरेको हो ।

अब प्रक्रियामा जान लागेको एनएलजी इन्स्योरेन्स कम्पनीका अध्यक्ष बिमल प्रसाद वाग्लेको अध्यक्षतामा सम्पन्न वार्षिक साधारणसभामा प्रमुख कार्यकारी अधिकृत सीईओ सुनिल बल्लभ पन्तले कम्पनीको प्रगति विवरणहरू पेश गरिएको थियो । वार्षिक साधारणसभामा कम्पनीको कुल कारोबार बृद्धि भई दुई अर्ब ४० करोड पुगेको र पुनर्बीमा कमिशन आम्दानी बृद्धि भई ३५ करोेड पुगेको जानकारी दिएका थिए ।

कम्पनी सचिव मनोज श्रेष्ठका अनुसार कम्पनीले आव २०७९/०८० मा कूल २० करोड ८१ लाख रुपैयाँ मुनाफा कमाएको लेखा परिक्षण प्रतिवेदन र अन्य वित्तीय विवरणहरू वार्षिक साधारणसभाबाट पारित भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स