जीवन बीमा कम्पनीहरूको रिटेन्ड अर्निङ ११ अर्बभन्दा माथि, कसको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा जीवन बीमा कम्पनीहरूको यस अवधिमा जीवन बिमा कम्पनीहरुको रिटेन्ड अर्निङमा ११ अर्ब ४ करोड २६ लाख २९ हजार रुपैयाँ रहेको छ । असारमा जीवन बिमा कम्पनीहरुको रिटेन्ड अर्निङमा ८ अर्ब २९ करोड ८३ लाख ४४ हजार रुपैयाँ रहेको थियो ।

६ महिनामा जीवन बिमा कम्पनीहरुको रिटेन्ड अर्निङ ३३.०७ प्रतिशतले बढेको हो । यसअवधिमा सबैभन्दा धेरै रिटेन्ड अर्निङ लाइफ इन्स्योरेन्स कर्पाेरेसन नेपालको रहेको छ । यसको रिटेन्ड अर्निङ २२८.४० प्रतिशतले बढेर २ अर्ब ७ करोड ५२ लाख १६ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै हिमालयन लाइफ इन्स्योरेन्सको रिटेन्ड अर्निङ १ अर्ब ३० करोड १३ लाख पुगेको छ । गत आवको अन्तिमसम्म हिमालयन इन्स्योरेन्स कम्पनीको रिटेन्ड अर्निङ ७४ करोड ४४ लाख रुपैयाँ थियो । गत आवको अन्त्यको भन्दा कम्पनीको रिटेन्ड अर्निङ ७४.८० प्रतिशतले बढेको छ ।

लाइफ इन्स्योरेन्सको रिटेन्ड अर्निङ ३२.१७ प्रतिशतले बढेर १ अर्ब २३ करोड ८५ लाख पुगेको छ भने सन नेपाल लाइफ इन्स्योरेन्सको ३५.८१ प्रतिशतले बढेर १ अर्ब ७ करोड ५० लाख रुपैयाँ पुगेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सको रिटेन्ड अर्निङ ५८.४२ प्रतिशतले बढेर १ अर्ब ३ करोड १७ लाख रुपैयाँ पुगेको छ । गत आवको अन्तिमसम्म कम्पनीको यस्तो अर्निङ ६५ करोड १२ लाख रुपैयाँ थियो ।

यो अवधिमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको रिटेन्ड अर्निङ २६.८४ प्रतिशतले बढेर ९२ करोड १५ लाख रुपैयाँ पुगेको छ । गत आवको पुष अन्तिमसम्म कम्पनीको यस्तो रिटेन्ड अर्निङ ७२ करोड ६५ लाख रुपैयाँ थियो ।

त्यसैगरी समीक्षा अवधिमा आइएमई लाइफ इन्स्योरेन्सको रिटेन्ड अर्निङ ३२.५७ प्रतिशतले बढेर ८५ करोड २ लाख रुपैयाँ पुगेको छ । गत आवको सो अवधिमा कम्पनीको यस्तो रिटेन्ड अर्निङ ६४ करोड १३ लाख रुपैयाँ थियो । सिटिजन्स लाइफ इन्स्योरेन्सको पुष मसान्तसम्म रिटेन्ड अर्निङ १८.९९ प्रतिशतले बढेर ६८ करोड ९५ लाख पुगेको छ । गत आवको सोह अवधिमा कम्पनीको रिटेन्ड अर्निङ ५७ करोड ९५ लाख रुपैयाँ थियो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको रिटेन्ड अर्निङ ३२.९८ प्रतिशतले बढेर ६६ करोड ८६ लाख रुपैयाँ पुगेको छ भने गत आवको समीक्षा अवधिमा कम्पनीको रिटेन्ड अर्निङ ५० करोड २७ लाख रुपैयाँ थियो । कम्पनीको गत आवको तुलनामा यो अवधिमा रिटेन्ड अर्निङ घटेको हो ।

त्यसैगरी समीक्षा अवधिमा नेशनल लाइफ इन्स्योरेन्सको रेटिन्ड अर्निङ ६०.२८ प्रतिशतले बढेर ६० करोड १८ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो रेटिन्ड अर्निङ ३७ करोड ५५ लाख रुपैयाँ थियो ।

एसिएन लाइफ इन्स्योरेन्सको रेटिन्ड अर्निङ १५.९७ प्रतिशतले घटेर ४४ करोड ८१ लाख रुपैयाँ पुगेको छ । गत आवको यो अवधिमा कम्पनीको रेटिन्ड अर्निङ ५३ करोड ३३ लाख रुपैयाँ थियो ।  सुर्य ज्योती लाइफ इन्स्योरेन्सको यो अवधिमा रेटिन्ड अर्निङ ८८.११ प्रतिशतले घटेर १४ करोड ६ लाख रुपैयाँ पुगेको छ । गत आवको समीक्षा अवधिमा कम्पनीको यस्तो रेटिन्ड अर्निङ १ अर्ब १८ करोड २८ लाख रुपैयाँ थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स