युनाइटेड अजोड इन्स्योरेन्सका डेपुटी सीईओ कुमार बहादुर खत्रीले दिए राजीनामा

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका डेपुटी प्रमुख कार्यकारी अधिकृत सीईओ कुमार बहादुर खत्रीले राजीनामा दिएका छन् । अजोड इन्स्योरेन्सका संस्थापक सीईओ बनेका खत्रीले डेपुटी सीईओबाट राजीनामा दिएका हुन् ।

बीमा क्षेत्रमा लामो समय काम गरेका खत्री निकै अब्बल व्यवस्थापक मानिन्छन् । गत वर्ष अजोड इन्स्योरेन्स कम्पनीमा युनाइटेडमा मर्ज भएपछि भागबण्डा मिलाउँदा डेपुटी सीईओमा परेका खत्री २०७५ साल जेठ २७ गते अजोड इन्स्योरेन्स कम्पनीको सीईओमा नियुक्त भएका थिए ।

खत्रीले अजोड इन्स्योरेन्सको कारोबार सुरु गराएका थिए । त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर उत्तिर्ण खत्री करिब २७ वर्षदेखि नेपाली बीमा बजारमा कार्यरत आएका छन् ।

नेपाल इन्स्योरेन्स कम्पनीबाट विकास अधिकृतबाट बीमा क्षेत्रमा प्रवेश गरेका खत्री तत्कालीन एनबी इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स हुँदै अजोड इन्स्योरेन्स प्रवेश गरेका हुन् । उनी अजोड र युनाईटेड अजोड मर्जरमा गएपछि डेपुटी सीईओमा कार्यरत थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स