सन नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम ७५ रूपैयाँसम्म बोनस पाउने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले बीमितहरुका लागि आर्थिक वर्ष २०७९/८० को लागि नयाँ बोनसदर घोषणा गरेको हो ।

कम्पनीले आव २०७९/८० को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धि बीमांककीय प्रतिवेदन नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृती भएबमोजिम बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको बोनसदर अनुसार बीमितले न्यूनतम प्रतिवर्ष प्रति हजार २५ रुपैयाँदेखि अधिकतम ७५ रूपैयाँसम्म बोनस पाउनेछन् ।

१. सनलाइफ सावधिक जीवन बीमालेख

कम्पनीले यस योजनामा न्यूनतम प्रतिहजार ३० रुपैयाँदेखि ५० रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । कम्पनीको सनलाइफ सावधिक जीवन बीमालेखमा ९ वर्ष अवधिसम्मका लागि प्रतिहजार ३० रुपैयाँ बोनसदर तोकेको छ । १० देखि १४ वर्ष अवधिका लागि पनि ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि प्रति हजार ३० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रति हजार ५० रुपैयाँ, बोनसदर कायम भएको छ भने यसै पोलिसीको २५ वर्ष वा सोभन्दा बढी अवधिका लागि प्रतिहजार ५० रुपैयाँ कायम भएको छ ।

कम्पनीले १५ देखि १९ वर्ष अवधिको १८ हजार ६७७ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ३० रुपैयाँ बोनस प्राप्त गर्नेछन् ।

२. भाग्योदय जीवन बीमालेख (एकल भुक्तानी सावाधिक)

कम्पनीले यस बीमालेखमा न्यूनतम ३० रुपैयाँदेखि ५० रुपैयाँसम्म बोनसदर कामय गरेको छ । ९ वर्ष अवधिसम्मका लागि प्रति हजार ३० रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मका लागि प्रतिहजार ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मका लागि ३० रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मका लागि ५० रुपैयाँ र २५ वर्षभन्दा माथि अवधिका लागि प्रतिहजार ५० रुपैयाँसम्म बोनसदर कायम गरेको छ।

कम्पनीले १५ देखि १९ वर्ष अवधिको ५८५ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ३० रुपैयाँ बोनस प्राप्त गर्ने छन्।

३. बाल समृद्ध जीवन बीमालेख (बालबालिकाको सावाधिक बीमा)

कम्पनीले यस योजनामा न्यूनतम ३० रुपैयाँदेखि ५० रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले १० देखि १४ वर्ष अवधिका लागि पनि प्रतिहजार ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ३० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रतिहजार ५० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ५० रुपैयाँ बोनसदर कायम गरेको छ।

कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख २५ हजार ४७ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ३० रुपैयाँ बोनस प्राप्त गर्ने छन्।

४. सुनौलो सावधिक जीवन बीमा

कम्पनीले यस योजनामा १५ देखि १९ वर्ष अवधिका लागि ३० रुपैयाँ र २० देखि २४ वर्ष अवधिका लागि ५० रुपैयाँ बोनसदर कायम गरेको छ।

५. नवीन आजीवन जीवन बीमा (सावाधिक तथा आजीवन)

कम्पनीले यस योजनामा न्यूनतम ३८ रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले ९ वर्ष अवधिका लागि प्रतिहजार ३८ रुपैयाँ बोनसदर कायम गरेको छ । १० देखि १४ वर्ष अवधिका लागि पनि प्रति हजार ३८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि प्रति हजार ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रतिहजार ६० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ७५ रुपैयाँ बोनसदर कायम गरेको छ।

कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख ३ हजार ७०५ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ३८ रुपैयाँ बोनश प्राप्त गर्ने छन्।

६.सार्थक आजीवन जीवन बीमालेख अग्रिम भुक्तानी तथा आजीवन

कम्पनीले यस बीमालेखमा सबै बीमा अवधि (१५)मा प्रतिहजार ४२ रुपैयाँ बोनसदर कायम गरेको छ।

७. सीमित अवधि भुक्तानी तथा अग्रिम भुक्तानी सावाधिक बीमा योजनाहरु (धनलक्ष्मी बीमा योजनासमेत)

कम्पनीले यस बीमालेखमा १४ वर्ष अवधिका लागि प्रतिहजार २५ रुपैयाँ बोनसदर कायम गरेको छ । १५ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार २७ रुपैयाँ र २० वर्ष वा सो भन्दा माथि अवधिका लागि २७ रुपैयाँ बोनसदर कायम गरेको छ।

८. धनञ्जय वार्षिक अग्रिम भुक्तानी जीवन बीमा

कम्पनीले यस योजनमा १ देखि ९ वर्ष अवधिका लागि प्रतिहजार २५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि प्रतिहजार २५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि २७ रुपैयाँ तथा २० वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार २७ रुपैयाँ बोनसदर कायम गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स