सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफासँगै प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७९ करोड २५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको समिक्षा अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क १६४.०६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्क ३० करोड १ लाख रुपैयाँ थियो। खुद बीमाशुल्कसँगै कम्पनीको खुद नाफा पनि बढेको हो ।

चालु आवको यो अवधिमा कम्पनीको यस्तो नाफा ११७.३४ प्रतिशत बढेर ३६ करोड ९ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १३२ प्रतिशत बढेको छ भने खुद दाबी खर्च २२३.७९ प्रतिशत र कुल खर्च १४०.४५ प्रतिशत बढेको छ।

दुई अर्ब ८० करोड ६५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्स कम्पनीको २ अर्ब ५० करोड रुपैयाँ, महाविपत्ती कोषमा १७ करोड ५९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ७६ करोड ८८ लाख रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब १६ करोड ७४ लाख रुपैयाँ रहेको छ।

पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ७२ पैसा रहेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ रुपैयाँ ४ पैसा बढी हो। सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ २६४ रुपैयाँ ३६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २९.३१ गुणा रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स