हिमालयन रि इन्स्योरेन्सको खुद नाफा शतप्रतिशत बढ्यो, ईपीएस कति ?

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ६० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९९.७३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३० करोड १७ लाख रुपैयाँ नाफा कमाएको थियो।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीको कुल आर्जित बीमाशुल्क १५४.६५ प्रतिशत बढेको छ भने कुल दाबी भुक्तानी ५०.९० प्रतिशत बढेको छ । कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा ९२.८४ प्रतिशत बढेको छ भने कुल खर्च ८९.३५ प्रतिशत बढेको छ ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ ८२ पैसा बढेर १२ रुपैयाँ ५ पैसा पुगेको छ । पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ४१.३१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ३० पैसा रहेको छ ।

१० अर्ब चुक्ता पुँजी रहेको यस कम्पनीको सेयर प्रिमियम ३ अर्ब १८ करोड रुपैयाँ, महाविपत्ती कोषमा ७ करोड ७० लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ६९ करोड २८ लाख रुपैयाँ र अन्य इक्विटीमा २ करोड ४१ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स