एशियन लाइफ इन्स्योरेन्सको नाफा सामान्य बढ्यो, अन्य आम्दानी कस्तो ?

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १५ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.४५ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले १४ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ९.६१ प्रतिशत बढेको छ भने खुद दाबी भुक्तानी ८.२३ प्रतिशत बढेको छ । इन्स्योरेन्सको कुल आम्दानी ९.६३ प्रतिशत बढेको छ भने कुल खर्च ३.५६ प्रतिशत बढेको छ ।

नाफासँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ९० पैसा बढेर १० रुपैयाँ १३ पैसा पुगेको छ । पुस मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ६७.८६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ९३ पैसा रहेको छ ।

३ अर्ब १५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा २१ करोड रुपैयाँ, रिटेन्ड अर्निङमा ४४ करोड ८१ लाख रुपैयाँ र अन्य इक्विटीमा ३ करोड ८ लाख रुपैयाँ रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स