काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
समिक्षा अवधिमा कम्पनीको खुद नाफा ६३.७३ प्रतिशतले बढेर १८ करोड ४३ लाख ४९ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ११ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीको खुद बिमा शुल्क आर्जन २७.५२ प्रतिशतले बढेर ४६ करोड ९९ लाख १८ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३६ करोड ६४ लाख ९९ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीको कर्जा लगानीबाट हुने आम्दानी २.९१ प्रतिशतले बढेर १८ करोड १३ लाख ६६ हजार रुपैयाँ पुगेको छ भने कमिसन आम्दानी १३.१३ प्रतिशतले घटेर १५ करोड १६ लाख १५ हजार रुपैयाँमा सीमित भएको छ ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ३० करोड रुपैयाँ, रिटेन्ड अर्निङ ३१ करोड २२ लाख रुपैयाँ, अन्य इक्विटी ३० करोड ६५ लाख रुपैयाँ, निर्जीवन बीमा कोष ४ अर्ब ६२ करोड रुपैयाँ छ ।
कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । कम्पनीका अनुसार प्रतिसेयर आम्दानी ६.२४ रुपैयाँ बढेर १६.०२ रुपैयाँ छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १९४.८५ रुपैयाँ रहेको छ ।