हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३० औं साधारणसभा सम्पन्न

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३० औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । इन्स्योरेन्स कम्पनीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले साधारणसभाको सभापतित्व गरेका थिए ।

माघ २५ गते हिमालयन एभरेष्टले इन्स्योरेन्सले आफ्नो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न गरेको हो । साधारण सभाले १५ प्रतिशत लाभांश पारित भएको छ । साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट उक्त लाभांश पारित गरेको हो ।

लगानीकर्ताले पुँजीको ६.३७ प्रतिशत बोनस र ८.६३ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश पाउने भएका छन् । विषम आर्थिक परिस्थितिको बाबजुद कम्पनीले ४४ करोड ८५ लाख नाफा आर्जन गरी लाभांश प्रदान गर्ने निर्णय भएकोमा सेयरधनीहरुबाट खुशी व्यक्त गर्दै कम्पनीको उत्तरोत्तर प्रगतिको कामना गरिएको थियो ।

संचालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको सभापतित्वमा संचालित उक्त कार्यक्रममा संचालकहरू, प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाह, कम्पनीका वरिष्ठ अधिकृतहरू तथा अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स