एशियन लाइफ इन्स्योरेन्सको साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १६ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले सभा फागुन १८ गते शुक्रबार बिहान साढे ११ बजे बाराको सिमरास्थित होटल क्लासिकमा आह्वान गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनका लागि फागुन ८ गते बुक क्लोज गर्ने निर्णय छ । तसर्थ कम्पनीबाट घोषित लाभांश पाउन तथा साधारणसभामा सहभागिताका लागि योग्य बन्न फागुन ७ गतेभित्र सेयरधनी कायम भइसक्नुपर्नेछ ।

साधारणसभाले कम्पनीको हाल कायम चुक्तापूँजीको ७.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक ०.४०७८ प्रतिशत नगद लाभांश वितरण सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, ७.७५ प्रतिशत बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीको ४२ प्रतिशत (१ः०.४२)को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत छलफल गरी पारित गर्ने कार्यक्रम रहेको छ ।

बोनस सेयर र हकप्रद वितरणपछिको हदसम्म जारी र चुक्तापुँजी स्वीकृतिको अजेण्डा समेत राखिएको छ ।

सेयर संरचना परिवर्तनपछि सञ्चालक समितिको संरचनामा समेत परिवर्तन गर्नका लागि सञ्चालक समितिमा संस्थापक समूहबाट ३ जना, सर्वसाधारण समूहबाट २ जना र एकजना स्वतन्त्र सञ्चालक रहने गरी जम्मा ६ जनाको सञ्चालक समिति कायम रहने र सोही बमोजिम नियमावलीमा आवश्यक संसोधन गर्ने प्रस्ताव पनि पारित हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स