१० जीवन बीमा कम्पनीको व्यावसाय अर्ब माथि, नेपाल लाइफले करिब १० अर्ब संकलन गर्दा अन्यको अवस्था यस्तो ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३८ अर्ब १८ करोड ६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । १९ वटा जीवन बीमा कम्पनीहरले पहिलो तीन महिनामा ३८ अर्ब १८ करोड ६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।

गत वर्ष सोही अवधिको तुलनामा जीवन बीमा शुल्क संकलन १८.२८ प्रतिशतले बढेको छ । गत वर्ष पहिलो त्रैमासमा ३२ अर्ब २८ करोड रुपैयाँ जीवन बीमा शुल्क संकलन भएको थियो ।

बीमा समितिका अनुसार १९ कम्पनीहरुले ७८ लाख ६८ हजार ५०४ बीमा लेख बिक्री गरेका छन् । जसमा जीवन बीमा लेख ७० लाख २९ हजार १७४ र बैदेशिक रोजगार बीमालेख ८ लाख २९ हजार ३३० रहेको छ ।

जीवन बीमा कम्पनीहरु मध्ये सबभन्दा धेरै बीमा शुल्क नेपाल लाइफ इन्स्योरेन्सले संकलन गरेको छ । पहिलो ३ महिनामा नेपाल लाइफले ९ अर्ब ९० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले १० लाख ६७ हजार ९०५ बीमा लेख बिक्री गरेको छ ।

बीमा कम्पनीहरुको असोज मसान्तसम्मको विवरण

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स