हिमालयन लाईफ इन्स्योरेन्सको सञ्चालकमा ६ जना निर्विरोध चयन

काठमाडौं । हिमालयन लाईफ इन्स्योरेन्सको सञ्चालक निर्विरोध चयन हुने भएका छन् ।

कम्पनीले संस्थागत सेयरधनीहरुको तर्फबाट ३ र सर्वसाधारण सेयर धनीहरुको तर्फबाट ३ गरी ६ जनाको लागि आवेदन माग गरेको थियो । कुल ६ जना आवेदन माग गरिएकोमा माग बमोजिमकै आवेदन परेकोले निर्विरोध निर्वाचित भएका हुन् ।

भोलि हुने वार्षिक साधारणसभाबाट संस्थापक तर्फबाट शुलभ अग्रवाल, विवेक दुगड र सौरभ दुगड र सर्वसाधारणको तर्फबाट राजिव प्रसाद प्याकुरेल, सचिन आचार्य र प्रमिला केसी निर्विरोध भएका हुन् ।

कम्पनीको वार्षिक साधारण सभा भोलि बिहिबार हुँदैछ । सभाले उनीहरुलाई औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गर्ने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स