सूर्या लाइफ इन्स्योरेन्सको नयाँ लोगो सार्वजनिक

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले पोखराको आयोजित एक समारोहमा आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ ।

कम्पनीको संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराई, कम्पनीका संचालक तथा बीमा विज्ञ विवेक झा तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खडकाज्यूले संयुक्तरुपमा उक्त नयाँ लोगो अनावरण गरेका हुन् ।

कम्पनीले आफ्नो मुल नारा ‘सर्वे भवन्तु सुखिनः’ रहने बताएको छ । कम्पनीको संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले नयाँ लोगो सार्वजनिक भए संगै नयाँ पहिचानका साथ कम्पनी अझ सफलतापुर्वक अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

यस्तै कम्पनीका संचालक विवेक झाले सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले अब आफ्नो छुट्टै पहिचान कायम गरी देशमा अब्बल कम्पनीको रुपमा स्थापित हुने यात्राको सुरुवात यस नयाँ लोगोको नारा ‘सर्वे भवन्तु सुखिनः’ अर्थात ‘सबै सुखि हुन्’ का साथ सुभारम्भ गरेको बताए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स