एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको ७.७५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.४० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

माघ १२ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स