काठमाडौं । आर्थिक मन्दीको चर्को असर पोलिसी सरेण्डरमा देखिएको हो । मन्दीको असर माइक्रोलेभलमा समेत पर्न थालेपछि बीमा पोलिसी त्याग्नेको संख्या दिन प्रतिदिन बढ्दो छ । मंसिर महिनामात्रै जीवन बीमा कम्पनीहरूबाट पौने ९ हजार ७४४ बीमितहरूले बीमा पोलिसी सरेण्डर गरेका हुन् । बीमितले सो बीमा पोलिसी त्याग्दा १ अर्ब ८ करोड ७० लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको बीमा प्राधिकरणको तथ्यांकमा उल्लेख गरिएको छ ।
मंसिरमा नेपाल लाइफका २४ सय २५ बीमितले ३६ करोड ३५ लाख रुपैयाँ बराबरको पोलिसी समर्पण गरेका छन् । एलआईसी नेपालको २२ करोड ८ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ ।
सरकारी स्वामित्वपमा रहेका राष्ट्रिय जीवन बीमा कम्पनीको १२ करोड ५ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको छ । नेशनल लाइफकोे ६ करोड ८२ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको छ ।
एशियन लाइफको ८ करोड ७१ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ६ करोड, मेट लाइफको ३ करोड ८० लाख रुपैयाँ, आईएमई लाइफको १ करोड १४ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको तथ्यांकले देखाएको छ । सानिमा रिलायन्स लाइफले २ करोड बीमा पोलिसी सरेण्डर गरेका छ ।
[embeddoc url=”https://www.hamroartha.com/wp-content/uploads/2024/01/Surrender-Mangsir2080-1.pdf”]
सिटिजन्स लाइफ इन्स्योरेन्सको ९२ लाख, सन नेपाल लाइफले ६५ लाख, रिलायबल नेपाल लाइफले ६५ लाख रुपैयाँको बीमा पोलिसी सरेण्डर गरेका छन।
हिमालयन लाइफ ५ करोड ८७ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ भने प्रभु महालक्ष्मी लाइफले १ करोड ५९ लाख रुपैयाँको बीमा पोलिसी सरेण्डर गरेको छ ।