काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आवको पहिलो ५ महिनामा ३ अर्ब ४५ करोड ८४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । चालु आवको यो अवधिमा कम्पनीले प्रथम बीमा पोलिसी जारी गरेर ७८ करोड ६५ लाख प्रिमियम संकलन गरेको छ भने पोलिसी नवीकरणबाट २ अर्ब ६७ करोड १८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
कम्पनीले साउनदेखि मंसिर महिनासम्म २ लाख २४ हजार ७३५ बीमा पोलिसी जारी गरेर सो व्यापार गरेको बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।
जीवन बीमा व्यवसाय गर्ने सूर्यज्योति इन्स्योरेन्सको प्रथम बीमा र नवीकरण बीमा गरी सबै भन्दा बढि व्यवसाय साउन महिनामा भएको छ भने असोज महिनामा कम्पनीले पोलिसी राम्रो बनाएको हो ।
चालु आवको यो अवधि मंसिर महिनामा कम्पनीको व्यवसाय ५२.१७ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले ५३ हजार ३०६ बीमा पोलिसी जारी गरेर ६९ करोड ६२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कार्तिक महिनाको तुलनामा कम्पनीको व्यवसाय मंंसिर महिनामा १२.८१ प्रतिशतले बढीे हो ।
कार्तिक महिनामा कम्पनीको व्यवसाय ३९.३६ प्रतिशतले व्यापार गरेको थियो । कम्पनीले प्रथम बीमा र नवीकरण बीमाम ३५ हजार ८८० पोलिसी जारी गरेर ४५ करोड ७५ लाख प्रिमियम संकलन गरेको हो ।
त्यसै गरी बीमा व्यवसाय गर्ने सो कम्पनीको असोज महिनामा ३८.३३ प्रतिशतले व्यापार वृद्धि भएको छ । ६१ हजार ४४१ बीमा पोलिसी जारी गरेर ७५ करोड ४५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।
भदौ महिनामा ३६ हजार ८७९ बीमा पोलिसी जारी गरेर ५४ करोड ५४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले भदौमा ४५.७० प्रतिशतको व्यवसाय गरेको हो ।