नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा डा.रविन्द्र घिमिरे नियुक्त

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा डा.रविन्द्र घिमिरे नियुक्त भएका छन् । आज सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. घिमिरेलाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले डा. घिमिरेलाई अध्यक्षमा नियुक्त गरेको बताए । बैठकले कम्पनीको संचालक समिति सदस्यमा मदन पोखरेललाई नियुक्त गरेको छ ।

कम्पनीमा नेपाल सरकारको ४४.०३ प्रतिशत स्वामित्व रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स