नेशनल लाइफ इन्स्योरेन्सद्वारा ५५ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितको आश्रित परिवारलाई दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितको परिवारलाई ५५ लाख ६ हजार ६६६ रुपैयाँ बीमा दाबी भुक्तानी गरेको हो।

कम्पनीका अनुसार बीमित वसन्त पुनले २०७८ साल चैत २१ गते नेशनल लाइफको न्यूरोड शाखामा जीवन बीमा गरेका थिए । उनले २ कित्ता मात्रै बीमा शुल्क भुक्तानी गरेका थिए ।

बीमित पुनको गएको मंसिर ९ गते हृदयघातको कारण अकालमै ज्यान गएको थियो । घातक रोगका कारण अल्पायुमै ज्यान गुमाएका पुनको परिवारलाई कम्पनीले गएको पुस २४ गते दाबी भुक्तानी गरेको हो ।

कम्पनीको न्यूरोड शाखा प्रमुख नुतन राज मगरले बीमितको परिवारलाई दाबी बापतको चेक हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स