सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ५ महिनाको व्यापार २ अर्ब ३६ करोड, सबैभन्दा बढी व्यापार साउनमा

काठमाडौं । जीवन बीमा व्यवसाय गर्ने सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले पहिलो ५ महिनामा २ अर्ब ३६ करोड ९२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले चालु आवको यो पाँच महिना (साउनदेखि मंसिरसम्म) प्रथम बीमा व्यवसाय र नवीकरण बीमा व्यवसायबाट २ लाख १६ हजार ६४८ बीमा पोलिसी जारी गरेर सो व्यापार गरेको हो ।

चालु आवको यो अवधिमा कम्पनीले प्रथम बीमा व्यवसाय गरेर ५५ करोड ७७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने नवीकरण बीमा व्यापार गरेर १ अर्ब ८१ करोड १५ लाख प्रिमियम संकलन गरेको नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङकमा उल्लेख गरिएको छ ।

साउनदेखि मंसिरसम्म कम्पनीको व्यवसाय हेर्ने हो भने सबै भन्दा बढि व्यापार साउन महिनामा भएको छ, भने बीमा व्यवसायको हिसाबले त्यसपछिको राम्रो महिना असोज बनेको छ । कम्पनीले असोज महिनामा ६९ हजार ५०५ बीमा पोलिसी जारी गरेको थियो ।

मंसिर महिनामा ४७ करोड ३९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जीवन बीमा व्यवसाय गर्नेे सानिमा रिलायान्सले मंसिर महिनामा प्रथम बीमा र नवीकरण बीमामा ४८ हजार ७९५ बीमा पोलिसी जारी गरेको छ । कार्तिक महिनामा कम्पनीले प्रथम बीमा र नवीकरण बीमामा ४७ हजार ४९६ बीमा पोलिसी जारी गरेर ३७ करोड ६७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

असोज महिनामा कम्पनीले सबै भन्दा बढि ६९ हजार ५०५ बीमा पोलिसी जारी गरेको तथ्याङमा उल्लेख छ । कम्पनीले प्रथम बीमा १२ करोड ६८ लाख रुपैयाँ र नवीकरणबीमाम ३७ करोड ५७ लाख रुपैयाँ गरी ५० करोड २६ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो ।

भदौ महिनामा १६ हजार ६१६ बीमा पोलिसी जारी गरेर ३४ करोड ७८ लाख प्रिमियम संकलन गरेको थियो । जीवन बीमा व्यवसाय गर्ने यस कम्पनीले साउन महिनामा सबै भन्दा बढि व्यवसाय गरेको छ । प्रथम बीमा र नवीकरण गरी कम्पनीले ३४ हजार २३६ बीमा पोलिसी जारी गरेर ६६ करोड ८१ लाख १४ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स