अब हिमालयन रि इन्स्योरेन्सले भारतबाट पनि पुनर्बीमा व्यवसाय गर्न सक्ने

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सलाई भारतबाट पुनर्बीमा व्यवसाय प्राप्त गर्ने बाटो खुलेको छ ।

भारतको बीमा क्षेत्रको नियामकीय निकाय इन्स्योरेन्स रेगुलेटरी एण्ड डेभलपमेन्ट अथोरिटी अफ इन्डिया (आईआरडीएआई) ले एफआरएन नम्बर प्रदान गरेसँगै कम्पनीलाई भारतबाट पुनर्बीमा व्यवसाय प्राप्त गर्न बाटो खुलेको हो ।

हिमालयन रि इन्स्योरेन्स लिमिटेडको निवेदन उपर आईआरडीएआईले १६ जनवरी २०२४ मा स्वीकृत प्रदान गरेको हो। कम्पनीले भारतबाट व्यवसाय गर्न स्वीकृति पाएसँगै ३१ वटा देशमा व्यवसाय विस्तार गरि बनाएको छवीलाई थप उचाइमा पुऱ्याउने प्रतिबद्धता गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स